
२५ कात्तिक , काठमाडौ । बुटवलबाट काठमाडौं जान हिँडेका प्रकाश मल्ल बुधबार राति ८ बजे बर्दघाटमा रोकिए। दाउन्नेमा भएको सडक जामका कारण उनी बिहीबार बिहान ४ बजे मात्र दुम्किवास पुगे।

बर्दघाटदेखि दुम्किवाससम्मको दुरी १४ कि।मि। छ। उक्त दुरी पार गर्न उनले ८ घण्टाको समय खर्चिनु पर्यो। यस्तै नियती भैरहवाका ठाकुरचन्द्र केसीले पनि पाएको बताए। काठमाडौंबाट भैरहवा जान हिँडेका उनी बुधबार साँझ दुम्किवासमा रोकिए। जामका कारण ६ घण्टापछि मात्र सडक पार गर्न सकेको उनले बताए। पूर्वपश्चिम राजमार्गहुँदै आवतजावत गर्ने हजारौं यात्रु र सयौं सवारीसाधनले दिनहुँ यस्तै सास्ती व्यहोर्नु परेको छ।

बुटवल-नारायणगढ खण्डमा पर्ने दाउन्ने पहाडको सडकमा हरेक दिन सवारीसाधन बिग्रिएर आवतजावत नै रोकिने गरेको छ। घन्टौ लगाएर बिग्रिएका सवारीसाधन व्यवस्थापन गरेपनि १४ कि.मि.को दुरी पार गर्न ५ देखि ८ घण्टासम्मको समय लाग्ने गरेको छ।
बुटवलदेखि नारायणगढसम्मको १ सय १३ कि।मि। सडक विस्तारको काम चाइनाको एक कम्पनीले गरिरहेको छ।
सवारीसाधनको अत्याधिक चाप हुने उक्त सडक दर्जनौं स्थानमा खाल्डा खुल्डी छन्। उकालो सडक मर्मत भइरहेकाले क्षमताभन्दा बढी सामान बोकेर आएका मालबहाक ट्रक बीचमै बिग्रिने गरेका कारण सडक जाम हुने गरेको हो।
भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न समय लाग्ने भएकाले जामको समस्या भएको प्रहरीले जनाएको छ। हिजो बुधबारदेखि सडकमा बिग्रिएका ६र७ वटा मालबहाक ट्रकले बिहीबार अबेरसम्म जामको समस्या ल्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए।
‘सामान बोकेका सवारीसाधन बिग्रिएपछि व्यवस्थापनमा समस्या हुने र सडकमै मर्मत गर्नुपर्ने अवस्था छ। मर्मत नभएसम्म एकतर्फी सञ्चालन हुन्छु,डिएसपी लामाले भने। हरेक दिन मालबहाक ट्रक बिग्रिने गरेका कारण महिनामा ५र७ दिनबाहेक अन्य दिन एकतर्फी मात्र सडक सञ्चालन हुने गरेको बर्दघाटका भुवन शर्माले बताए।
क्षमताभन्दा बढी सामान बोकेर आएका सवारीसाधनलाई ट्राफिकले रोक नलागउँदा पनि यो समस्या आइपरेको स्थानीयको भनाई छ।




