Comments Add Comment

Advertisment

SKIP THIS

गोदावरी नगरपालिका वडा न-५ मा नि-शुल्क पशु स्वास्थ शिविर सम्पन्न

९ फागुन , काठमाडौ । गोदावरी नगरपालिका वडा न ५ र पशुसेवा शाखा गोदावरिको संयुक्त आयोजनामा निस् शुल्क एकदिने पशु स्वास्थ तथा बांझोपन निवारण शिबिर वडा को प्राङ्गणमा२०७९/११/०५ गते संचालन भएको थियो।

उक्त शिबिरमा मुख्यतया परजीवि विरुद्धको औषधि निस् शुल्क वितरणको साथै , गोबर परिक्षण, पशु स्वास्थ परिक्षण, पशु बन्ध्याकरण,पशु गर्भ परिक्षण, कृतिम गर्भाधान सेवा,पशुमा बांझोपनको परिक्षण, रेविज खोप लगाएतका सेवाहरु प्रदान गरिएको थियो।

करिब ३८२ घरधुरि कृषकले सो शिबिरबाट लाभ लिएका थिए। जसमा ५ण् घरधुरि रेडक्रस संग आवद्द कृषकले समेत उक्त शिबिरको लाभ लिने आवसर पाएको मा आयोजक टिमप्रति रेडक्रस कि निरुजा नगरकोटी वडा सामाजिक परिचालिकाले आभारी भएकि छिन्।

कार्यक्रममा पशु सेवा शाखा गोदावरीका प्रमुख ईश्वर घिमिरे हामिले प्रदान गरेको सेवाहरुले कृषकलाई धेरै लाभ दिने र यसको परिणाम १५ दिन पछि प्राईभेट पारा भेटले शिबिर लगायत अन्य पशु सेवामा महत्वपुण सेवा पुर्याएको आगामि दिनमा पनि सहयोगको अपेक्षा गरिएको र आधुनिक र ब्यवसायी पशुपालन गर्नु पर्ने ,नगरपालिकाले पशु पालनको क्षेत्रमा नीति र कार्यक्रममा जोड दिनु पर्ने देखिन थाल्ने हुंदा शिविर समय समयमा सन्चालन गर्नु पर्ने कुरालाई जोड दिनु भयो ।

कार्यक्रम समय अनुकुल र कृषकको माग अनुरुप भव्यताको साथ सम्पन्न भएकोमा प्राविधिक टोलि, रेडक्रस , विभिन्न औषधी कम्पनी,वडाका जनप्रतिनिधि लगाएत सम्पूर्ण सहयोगी मनमुटुहरु प्रती उच्च सम्मान गर्दै कार्यक्रम सन्चालन गरेर भएका उपलब्धि बारे खुलेर प्रशंसा गर्न पछि परेर गोदावरी नगरपालिका वडा न, ५ का अध्यक्ष मिलन सिलवाल कृषकको उत्पादनमा वृद्दि, पशु स्वास्थ सेवा घरदैलोमा नै उपलब्ध भएको , गोवर परिक्षण, रेविज विरुद्ध को खोपको निशुल्क सेवा पाएको र भर्खरै सम्पन्न भेडा बाख्रोको निशुल्क पि।पि।आर। भ्याक्सिनको खोपले समेत कृषकलाई कृषि पेशामा लाग्नको लागि थप उर्जा प्रदान गरेको कुरा पनि व्यक्त गरे ।

अरु वडा भन्दा आफ्नो वडालाई पृथक र नमुना वडा बनाउनको लागि किसानको हक हितको लागि सदैव लागि पर्ने कुरा पनि प्रस्ट पारे यसको लागी सबैको साथ र सहयोग अपरिहार्यता रहेको हुंदा सहकार्य र समन्वय रहेका क्षेत्रलाई अगाडि बढउन आफु हरहमेशा तत्पर रहेको सबै क्षेत्रको विकास गर्न, सबै क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भुमिका रहेको हुने हुदा सबैको सहकार्यमा बढि जोड दिनु पर्ने कुरा गोदावरी नगरपालिकाको प्रबक्ता समेत रहेका सिल्वालले बताए।

उक्त कार्यक्रम को आवश्यकताको महसुस पहिले देखि नै गरिएको यी यस्ता कार्यक्रम लाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्न नगरपालिका सदैव लाग्ने कुरा नगरपालिका प्रमुख गजेन्द्र महर्जन ले बताएका छन।

आफु स्वयं कार्यक्रममा उपस्थित हुन नसके पनि प्रबक्ता समेत रहेका वडा अध्यक्षको सक्रियतालाई प्रशंसा गर्दै सबै क्षेत्रको विकासले मात्रै संवृद्द गोदावरी बनाउन सकिने गहन कुरा महर्जनले ले न्युज24ग्यालेक्सीलाई लाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment