Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वरबाट चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ

२५ कात्तिक , काठमाडौ । काठमाडौंको तार्केश्वरबाट चोरीको मोटरसाइकलसहित एक जनालाई हित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीबाट कालो रंङको २०० सीसीको एनएस पल्सर मोटरसाइकलको बास्तविक नम्बर परिवर्तन गरि बा.प्र ०२-०१८ प ४३०१ नम्वर हालेर चलाइरहेको अबस्थामा किर्तिपुर नगरपालिका-२ चाँदनीचोक बस्ने वर्ष २८ को बुद्ध बहादुर तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उक्त मोटरसाइकलको वास्तविक नम्बर प्र।३-०२-०१० प ६९०३ रहेको खुल्न आएको पनि उनले बताए ।

पक्राउ भएको मोटरसाइकल २०७७ सालको फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाडौं-३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै