काठमाडौं , अस्थायी प्रहरी पोष्ट राम्दी स्याङजामा ईन्चार्जको रूपमा कार्यरत प्रहरी हवल्दार मदन तिमल्सेना माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उनीहरुले विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएका छन् ।

प्रहरी हवल्दार मदन तिमल्सेनाले पाल्पाबाट स्याङजा तर्फ आउदै गरेको ग. १७ प. ७२०० स्कुटर चेकजाँच गर्ने क्रममा हिरोईन जस्तो देखिने खैरो धुलो पदार्थ १० मिलिग्राम फेला पारी स्कुटर चालक सहित पक्राउ गर्न सफल भएका थिए ।
साथै हवल्दार मदन तिमल्सेनाले आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई चुस्त, दुरुस्त परिचालन गरी आफू स्वयं परिचालित भई आफ्नो जिम्मेवार वडा एरियामा गस्ती पेट्रोलिङ तथा स्थानिय स्तरमा समन्वय / सहकार्य एवं सुचना संकलन गरी विभिन्न मितिमा अवैध लागु औषध सहित मानिसहरु पक्राउ गर्ने सफल छन् ।

हवल्दार तिमल्सेनाले आफ्नु एरियामा विभिन्न अपराधिक क्रियाकलापहरु हुन गर्न नदिई समाजमा शान्ती सुरक्षा कायम राख्ने कार्यमा बिशेष भुमिका निर्वाह गरेको र दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भई ईमान्दार र वफादारीका साथ बिभागिय नीति निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै लगनशिल तथा कर्तब्यनिष्ठ भई उच्च ब्यवसायिक कार्य कुशलताका साथ उत्कृष्ट ढंगले कार्य सम्पादन गरेको हुँदा निजबाट सम्पादित कार्यको उच्च मुल्याङ्कन गर्दै “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यबिधी-२०७९” अनुसार २०७९ साल माघ महिनाको उत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH )” घोषणा गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक संजय बहादुर राउतले कदर-पत्र प्रदान गर्नुभएको छ ।




