Comments Add Comment

Advertisment

SKIP THIS

मानव बेचबिखन गरेको आरोपमा मोरङका गणेशबहादुर लावती पक्राउ

काठमाडौं – मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मोरङ कानेपोखरी गाउँपालिका-३ हरकपुरका ४४ वर्षीय गणेशबहादुर लावतीलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको मानव बेचबिखन ब्युरोका प्रमुख एसएसपी जीवन श्रेष्ठले बताएका छन् ।

लावतीले केही व्यक्तिहरूलाई वैदेशिक रोजगारको लागि फ्रि भिसा, फ्रि टिकटमा दुबइमा क्लिनरको काममा पठाइदिने भनेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई भनेर ओमानको मस्कोट पुर्‍याएका थिए। त्यहाँ ती पीडित व्यक्तिलाई घरायसी काममा लगाएर ३ हजार ओमानी रियलमा बिक्री गरेको एसएसपी श्रेष्ठले बताए।

उक्त घरमा बन्धक बनाएर शारिरिक तथा मानसिक यातना दिएको भन्दै पीडितले नेपालमा रहेका आफन्तलाई खबर गरेका थिए। आफन्तले पीडितको उद्धार गर्न भनेर आरोपित व्यक्तिले भनेअनुसार विभिन्न खातामा साढे २ लाख जम्मा गराएका थिए।

त्यसरी पैसा जम्मा गरेपछि पीडित माघ २४ गते नेपाल फर्किएका थिए। नेपाल फर्किएपछि ब्युरोमा आफू मानव बेचबिखनमा परेको भन्दै जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई गत बिहीबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै