Comments Add Comment

Advertisment

SKIP THIS

होली पर्वलाई सभ्य र मर्यादित भई मनाउन सबैलाई काठमाडौं प्रहरीको विषेश अनुरोध

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

एसएसपी दानबहादुर कार्कीले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताए ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

यस्ता छन् प्रहरीको अनुरोध

• होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाऔं ।
• आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसंग मात्र होली खेलौं ।
• होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगरौं । अपरिचित मानिसहरुको समूहमा होली नखेलौं ।
• कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।
• महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔँ । अपरिचित मानिसले दिएको कुनैपनि खानेकुरा नखाऔँ ।
• ट्राफिक नियमको पुर्ण रुपले पालना गरौं । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।
• मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऔं ।
• अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगरौं ।
• रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
• भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा स्न्याचिङ जस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुदाँ सावधान रहनुहोला ।
• कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हट लाईन न. १०० मा फोन गरौं ।
• नियम विपरित कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जानकारी गराउदछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै