Comments Add Comment

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा महिलाको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले १९ वर्षपछि पक्राउ

सिन्धुपाल्चोक — सिन्धुपाल्चोक जिल्लामा महिला हत्या गरेर फरार रहेका एक आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताए अनुसार बलेफी गाउँपालिका-१ का ४६ वर्षका सीताराम तिमिल्सेना १९ वर्षपछि समातिएका हुन् ।

०६१ माघ १७ मा बलेफी गाउँपालिका-८ की ६३ वर्षीया मनमाया नेपालीलाई सामान्य विवादका क्रममा तिमिल्सेनाले दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोप लागेको थियो । विशेष सूचनाको आधारमा इलाका प्रहरी बाह्रबिसेका प्रमुख प्रहरी निरीक्षक मुकेश न्यौपाने नेतृत्वको खटिएको प्रहरी टोलीले आरोपीलाई नियन्त्रणमा लिएको हो ।

‘बलेफी गापा-८ कै गाउँमा टोप्काबाट लुकीछुपी बसेको अवस्थामा तिमिल्सेनालाई पक्राउ गरेका छौं, निजलाई मुलुकी अपराध संहिता, ऐन २०७४ को परिच्छेद १२ अर्न्तगत ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ,’ इन्स्पेक्टर न्यौपानेले भने । जिल्ला अदालतबाट आरोपीलाई सात दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको उनले जनाए ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले मात्रै यही आर्थिक वर्षमा ८, इप्रका मेलम्चीले ४, ठोकर्पा २ र जिप्रकाबाट ८ जना गरी विभिन्न मुद्दाका आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७९/०८० मंसिर मसान्तसम्म मात्रै २२ जना आरोपी समातिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै