Comments Add Comment

Advertisment

SKIP THIS

गोदावरी नगरपालिकाको पशुशाखा बाट ७५% जातिय गुण भएका बोयर बोकाहरु ५0% लागतमा साझेदारी

८ चैत , काठमाडौ । गोदावरी नगरपालिकाको पशुशाखा बाट आ. ब २०७९/८०को कार्यक्रम अनुसार ७५% जातिय गुण भएका बोयर बोकाहरु ५0% लागत साझेदारीमा गोदावरी नगरपालिका भित्र बाख्रा पालन गरिरहेका व्यवसायिक फर्म र समुहहरुमा १३ वटा बोका वितरण भएको छ ।

यी बोकाहरु कृषकहरुलाइ वितरण पश्चात् कृषकहरुले पालेका खरी जातका बाख्रामा प्रजनन गराउंदा बोयरको क्रस भई पाठापाठिको नश्ल सुधार भई यसरी जन्मने वृद्धिदर बढि हुने , उत्पादन क्षमता बढि भई कृषकहरू लाभान्वित हुने र कृषकहरुको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने , खरि बाख्राहरुमा हाडनाता प्रजनन सुधार हुन पुग्नेछ , बोका प्राप्त गर्ने कृषकहरुले आफ्नो फर्म लगायत छिमेकी कृषकहरू पालेको बाख्राहरुमा पनि प्रजनन सेवा पुग्ने कुरा पशु शाखा सेवा प्रमुख ईश्वर घिमिरेले बताउनु भयो ।

बोका वितरण पश्चात् बोका प्राप्त गरेका कृषकहरुको आर्थिक अवस्थामा सुधार आउनुपर्ने , कृषकले माग गरेका उचित उपयुुक्त कार्यक्रमहरु संचालन गर्नका लागि नगरपालिका सदैव तत्पर रहेको , यो कार्यक्रमलाई कृषकले प्रभाबकारी तरिकाबाट संचालन गरेमा आगामि दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने, यस्ता कार्यक्रमले गाउंघरमा नै स्वरोजगार स्थापना भई व्यवसायिकता तर्फ उन्मुख हुने कुरा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन ले हामिलाई बताउनु भयो।

साथै प्रजननका बोयर बोका प्राप्त हुने कृषकहरुले ५०% लागतमा साझेदारमा बोका प्राप्त गरेकोमा अत्यन्तै खुसी व्यक्त गर्दै आगामि दिनहरुमा यस्ता कृषक लक्षित कार्यक्रम हरु गरिरहनको लागि नगरपालिकालाइ सुझाव पनि दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment