Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी राजेशनाथ बास्तोला सम्हाले कोशी प्रदेश प्रहरी प्रमुखको कमाण्ड

काठमाडौं / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा एसएसपी राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनुभई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र १३ गतेको पत्रादेश अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरबाट कोशी प्रदेश प्रहरी कार्यालयमा काज खटिएका एसएसपी बास्तोलाले आजै कार्यभार सम्हालेका हुन् ।

एसएसपी राजेशनाथ बास्तोला बिशेष गरेर अपराध अनुसन्धान, प्रहरी अपरेसन, कुशल नेतृत्व तथा प्रहरी व्यवस्थापन लगायत विषय सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गर्नु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा हाजिर भए पश्चात वहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै