Comments Add Comment

Advertisment

SKIP THIS

झापाबाट प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । झापामा लागुऔषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ४ का पुष्प चेम्जोङलाई पक्राउ गरेको हो ।

पक्राउ परेलगत्तै फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा झापामा उपस्थित गराइएका उनलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारगार पठाइएको प्रहरीले जानकारी दिएको छ । चेम्जोङमाथि जिल्ला अदालतले २०७७ साल माघ ५ गते ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै