Comments Add Comment

Advertisment

SKIP THIS

ए डिभिजन लिगमा आज ३ खेल हुँदै

२६ चैत , काठमाडौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आज आईतवार तीन खेल हुँदैछन् ।

आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ । संकटा र मच्छिन्द्रबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।

रंगशालामा हुने दोस्रो खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र त्रिभुवन आर्मी क्लवबीच खेल हुनेछ । सातदोबाटो र आर्मीबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्नेछन् । दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै