Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी बाँस्तोलाले मोरङ जिल्लाको शान्तिसुरक्षा व्यवस्था चुस्त एवं दुरुस्त राख्न निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले सुरक्षा व्यवस्था चुस्त एवं दुरुस्त राख्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्दै उनले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न प्रहरी गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रमुख बाँस्तोलाले सीमा क्षेत्रमा कडाइका साथ जाँच पडताल गरी चोरी तस्कारी, लागुऔषधको प्रयोगजस्ता घटना हुन नदिन प्रहरी सदैव क्रियाशील हुनुपर्ने भन्दै सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी नियम उल्लङ्घन हुन नदिन प्रहरी सचेत हुनुपर्ने बताए ।

निर्देशनकै क्रममा उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरश पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गर्न र आम सेवाग्राहीसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी सङ्गठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिए । सो अवसरमा प्रहरी उपरीक्षक दीपक पोखरेलले समग्र जिल्लाको वस्तुस्थितिको बारेमा अवगत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै