Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

२९ कात्तिक , काठमाडौ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न माग गरेको छ।

टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पत्ति छानबिन गर्न माग गरेकी हुन् । न्यायालयको सुदृढीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै नेपाल बारले आन्दोलन गरिरहेका बेला टीआईएले सम्बपत्ति छानबनि गर्न माग गरेको हो ।

टीआईले हाल न्यायालयमा देखिएको संकटमा ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग सम्बन्धित विवादका कारण उत्पन्न परिस्थितिले न्याय सम्पादनमा गम्भीर अवरोध सिर्जना भएको र न्यायपालिकाको आस्थामाथि नै प्रश्नचिह्न खडा भएको समाचारतर्फ यस संस्थाको ध्यानाकर्षण भएको छ।”

न्यायपालिकामा हुने विकृति र विसङ्गतिबारे विभिन्न समयमा सर्वोच्च अदालत र नेपाल बारबाट पेश भएका अध्ययन प्रतिवेदनले ढिलो कार्य सम्पादन, प्रभावित निर्णय, पदीय दुरुपयोग, बिचौलियाको प्रयोग र भ्रष्टाचार जस्ता समस्या रहेको तथ्य उजागर गरेको उल्लेख गर्दै यसको सुधारका लागि कार्यान्वयन गर्नुपर्ने टीआईएको सुझाव छ।

टीआईएले प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भाग मागेको विषय गम्भीर भएको भन्दै यी विषयमा छानबिन हुनुपर्नेसमेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै