१९ पुष , काठमाडौं । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन् ।
लामो समयदेखि सहकार्यमा रहेका आम जनता पार्टी अध्यक्ष साह र मानन्धरबीच आज माछापोखरी स्थित मानन्धर निवासमा भेटघाट भएको हो । मिलेर पार्टी खोल्ने पूर्व सहमतिकै निरन्तरताको रूपमा मानन्धर अब पार्टीमा संगठित रूपमा नै अगाडि बढ्ने आम जनता पार्टीका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।
२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए । काठमाडौँ क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए ।





