Comments Add Comment

Advertisment

SKIP THIS

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

४ वैशाख , काठमाडौ । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो।

यसभन्दा अघि सुनको मूल्यले गत शुक्रबार ऐतिहासिक रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला एक लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै