Comments Add Comment

Advertisment

SKIP THIS

मिटरब्याजी पीडितसँगको झडपमा दरबारमार्ग वृत्तकी डीएसपी चुडालल सहित ८ प्रहरी घाइते

काठमाडाैं | राजधानीको शान्तिबाटिकामा सोमबार अशान्ति मच्चियो । मिटरब्याजी पीडितहरुले गरेको प्रदर्शनका क्रममा दोहोरो झडप हुँदा तनावको स्थिति सिर्जना भएको हो ।

सो क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते हुन पुगे ।जसमा नेपाल प्रहरीका डीएसपीसहित ८ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घाइते हुनेमा दरबारमार्ग वृत्तकी डीएसपी कोपिला चुडाललगायत रहेका छन् । घाइतेकाे प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै प्रहरीको लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट दुई दर्जन हाराहारीमा प्रदर्शनकारी पनि घाइते भएका छन् । प्रदर्शनकारीले सिंहदरबार घेराउ र मार्चापासका लागि भन्दै निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको स्थिति बनेको हो ।

तराईबाट आएका पीडितहरुले आफूहरुको माग पुरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले यसअघि आफूहरुको माग पुरा हुने अवस्था नरहेको भन्दै गृह मन्त्रालयले गठन गरेको टोलीसँग वार्तासमेत भंग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै