Comments Add Comment

Advertisment

SKIP THIS

दाङ प्रहरीले मानव बेचबिखन मुद्दामा एक पुरुष पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका– ५ लमही बजारस्थित विएण्डवि होटेलका सञ्चालक नुमाराम भुसाललाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।

भुसालमाथि २०७९ मङ्सिरदेखि २०७९ चैत २७ सम्म विभिन्न प्रलोभन र डर धम्की देखाएर युवतीमाथि शारीरिक सम्बन्ध राख्न लगाएको र सोबापत रकम असुली गर्दै आएको उजुरी परेको थियो । पीडितको सो उजुरीका आधारमा भुसाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए ।

पक्राउ परेका भुसाललाई मानव बेचबिखन तथा ओसार पसारसम्वन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै