Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली लाइसेन्समा बस चलाउने दुई जना चालकलाई उपत्यका ट्राफिक प्रहरीद्वारा पक्राउ

काठमाडौँ । नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने दुई जना चालक पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौंको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भई काठमाडौंको स्वयम्भु बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सवारी चालक अनुमतिपत्र विद्युतीय माध्यमबाट जाँच गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सवारी चालक अनुमतिपत्रसहित प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै