Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुईको मृत्यु

७ वैशाख , काठमाडौ । सर्लाहीको लालबन्दी नगरपालिका – ६ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

लालबन्दी नगरपालिका ६ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत कालीन्जोर पुल नजिक भएको दुर्घटनामा दुई जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।

लालबन्दीबाट रानिगन्ज तर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोहीदिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुवै जनाको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा ज्यान गएकाहरुको पहिचान खुल्न सकेको छैन भने दुर्घटनामा सग्लग्न सवारीसाधन ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment