Comments Add Comment

Advertisment

SKIP THIS

धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिला पक्राउ

जनकपुर -धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

सात लाख ७१ हजार पाँच सयबराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका– ६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनको साथबाट एक हजारको नक्कली नोट चार सय ९२ थान र पाँच सयको नक्कली नोट पाँच सय ५९ थान बरामद भएको छ।

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारी साहको झोला खानतलासी गर्दा नक्कली नोट बरामद गरेको हो। महिलाले कालो रङको झोला बाेकेर यताउती हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो।

ती महिलाको खल्तीबाट नेपाली १० हजार पाँच सय, भारतीय एक सय ६० समेत बरामद गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए। उक्त नक्कली नोट एक लाखबराबर सात लाख सटही गरी ल्याएको महिलाले सोधपुछका क्रममा बोलेको गौतमले जानकारी दिए।

उक्त घटनासँग सम्बन्धित थप व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म थप एकजनालाई पक्राउ गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै