Comments Add Comment

Advertisment

SKIP THIS

लागुऔषध खैरो हेरोइनसहित झापाबाट प्रहरीले ३ जनालाई पक्राउ

झापा । प्रतिबन्धित लागुऔषधसहित झापाबाट ३ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ५ मा भारतबाट नेपाल तर्फ आउँदै गरेका तीन जनालाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नुवाकोट तार्केश्वर गाउँपालिका ३ बस्ने ३० वर्षका सविन परियार, सिन्धुली दुधौली नगरपालिका ११ बस्ने ३० वर्षाका खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका ५ बद्रीटोल बस्ने २३ वर्षाका विक्रम दनुवार रहेका छन् ।

निजहरूको साथबाट लागूऔषध खैरो हेरोइन ७० ग्राम फेला परेकोले ३ जनालाई नै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै