Comments Add Comment

Advertisment

SKIP THIS

कम्बोडीया पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने राजु श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका-९ लालपुर घर भई भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले एक जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ आरएफसि सेक्युरिटि गार्डमा १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ७ लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै