Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरीबाट प्रतिबन्धित औषधी सहित उर्मीला चौधरीलाई प्रहरीले पक्राउ

सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषधी साहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो साढे ३ बजे डेरामा बस्दै आएका २४ बर्षीय उर्मीला चौधरी र निजको श्रीमान सुदेश राईले औषधी बिक्री बितरण गरीरहेको छ भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले निजहरुको डेराबाट चौधरीलाई Tramadol Hydrochloride Capsules I.P.Teercare-50 लेखिएको प्रतिबन्धित औषधी ४ हजार ४ सय २० गोटी र नगद २६ हजार रुपैया सहित नियन्त्रणमा लिन सफल भएको हो ।

प्रतिबन्धित औषधी सहित पक्राउ परेकी चौधरी उपर थप अनुसन्धान भईरहेको छ भने राईको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै