Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरको थाहा नगरपालिकाबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ

काठमाडाैं | भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ तल्लो बसन्त बस्ने ५५ वर्षीय बुद्धेराम थिङ रहेका छन् । उनलाई आइतवार दिउँसो घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरमा बन्दुक लुकाई राखेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले उनको घर तलासी गरेको थियो । तलासीको क्रममा घरको गारोमा लुकाई राखेको बन्दुक फेला परेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै