Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्च परिसरमा थप प्रहरी परिचालन : प्रहरी र वकिलबीच धकेलाधकेल

२ मंसिर, काठमाडौ । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो । सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ ।

बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो । जसअनुसार बारले सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

शुक्रबारसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय पनि बारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै