Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी बास्तोलाको प्रमुख आतिथ्यतामा नव निर्मित बुहु-उद्धेश्यीय सभाहलको समुद्घाटन

सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीको परिसरमा नव निर्मित बुहु-उद्धेश्यीय सभाहलको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यालयहरूले सम्पादन गर्ने ‘नव प्रवर्तनीय कार्य’ को उत्कृष्ट नमूनाको रुपमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालको बिशेष पहलमा कार्यालय परिसरमा रहेको अत्यन्त जिर्ण भवन भत्काई उक्त सामाग्रीको समेत प्रयोग गरी सभाहल निर्माण गरिएको हो ।

करिब २५० जना मानिसहरू अट्ने क्षमता रहेको नव निर्मित बहु-उद्देश्यीय सभा हलमा प्रहरी कर्मचारीहरुलाई ब्याटमिन्टन लगायतका खेलकुदमा सहभागी बनाउन, सभा, बैठक, गोष्ठी र सेमिनार सञ्चालन गर्न तथा विभिन्न किसिमका तालिम एवं प्रशिक्षणका कार्यक्रमहरु समेत संचालन गर्न सकिने छ भने जिल्ला प्रहरी कार्यालयको स्वीकृतिमा सर्वसाधारण एवं अन्य सरकारी कार्यालयहरूले समेतले सभाहलको उपयोग गर्न पाउने छन ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले भौतिक पुर्वाधारमा आत्मनिर्भर हुने, भौतिक पुर्वाधारको बिकास तथा विस्तार गर्ने नेपाल प्रहरी संगठनको लक्ष्य अनुरुप स्थानिय निकायहरु, संघ संस्था तथा समुदायको आर्थिक सहयोग तथा जिल्ला प्रहरी कर्यालय सुनसरीको आन्तरिक श्रोतका साथै प्रहरी कर्मचारीहरुको श्रमदानमा निर्माण कार्य सम्पन्न भएको बहुउद्देश्यीय सभाहलले प्रहरीका साथसाथै सुनसरीका स्थानिय निकायहरुले समेत यसको उच्चतम प्रयोग गरि लाभ लिन सक्ने र यसवाट नेपाल प्रहरी र समुदाय बीच सुमधुर सम्बन्ध स्थापित हुने कुरा बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले सभाहल निर्माण कार्यमा श्रमदान गर्ने प्रहरी कर्मचारीहरुलाई प्रसंसा पत्र तथा पुरस्कार प्रदान गर्नु भएको थियो । २९०२.५० वर्ग फिट क्षेत्रफल रहेको उक्त सभाहल ३८ लाख ६९ हजार ५२१ रुपैयाको लागत तथा स्थानिय तह, बिभिन्न संघसंस्था, निर्माण ब्यवसायी, समुदायहरुको सहयोग, जिल्ला प्रहरी कार्यालयको आन्तरीक श्रोत एवं प्रहरी कर्मचारीहरुको जनश्रमदान बाट निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बिभिन्न महानुभावहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो भने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु हुँदै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने सबैमा बिशेष आभार प्रकट गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका स्थानिय निकायका प्रमुख तथा प्रतिनिधीहरु, उधोग ब्यबसायीहरु, संचारकर्मीहरु, स्थानीयवासीहरु लगायत अन्दाजी ४०० जनाको उपस्थिति रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै