Comments Add Comment

Advertisment

SKIP THIS

छात्र मृत्यु प्रकरण : इलिप्स स्कुलका प्रिन्सिपल र दुईजना होस्टेल वार्डेन पक्राउ

२४ जेठ , काठमाडौ । काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स)का पिन्सिपल र दुईजना होस्टेल वार्डेन पक्राउ परेका छन् ।

जेठ १७ मा त्यहाँ अध्ययनरत छात्र धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए । सोही घटनाको अनुसन्धानका लागि प्रिन्सिपल दिर्घराज दाहाल र दुईजना होस्टल वार्डेनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पीडितका परिवारले प्रिन्सीपल र वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै