Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको टिकाथलीबाट प्रहरीले ६ जना जुवाडे पक्राउ

काठमाडौं / जुवा खेलेको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथली ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ५ टिकाथली स्थित डम्बर बहादुर राईको घरकोठा भित्र जुवा खेल हुने गरेको विशेष सूचनाको आधारमा प्रहरीको टोली सो स्थानमा पुगेर ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी एसपी शिद्दी बिक्रम शाहले बताए ।

पक्राउ पर्नेमा डम्बर बहादुर राई , मुकुन्द थापा, जय नारायण चौधरी, मनोहर बुढाथोकी, रवीन्द्र बोगटी र रेवती कुमार पौडेल रहेका छन् ।

रितपूर्वक बरामदी खानतलासी गर्दा चौरानब्बे हजार चार सय पचास रुपैयाँ र ६ बुक ताससमेत बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै