Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको सुन सहित एकजनालाई पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको सुन सहित एकजनालाई हेटौँडाबाट पक्राउ गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेमा प्रहरीले ५६१ दशमलव ३० ग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो ।

 

प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएका थिए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै