Comments Add Comment

Advertisment

SKIP THIS

लोकप्रिय मतका साथ सचिव जित्ने महेश बस्नेतको दावी

७ मंसिर , काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको आसन्न दशौँ महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले पदाधिकारीमा सर्वसम्मत बनाउने कोशीस भैरहेको भन्दै निर्वाचन हुँदा आफूले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । आफूलाई देशभरिका कार्यकर्ताले माया गर्ने भन्दै उनले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।

कार्यक्रममा बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको जिकिर गरे । कम्युनिस्ट आन्दोलन तोडफोड भइरहेका बेलामा पनि ओलीले नै एकताबद्ध बनाउने काम गरेको बस्नेतको दावी थियो ।

अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरे पनि अध्यक्ष ओलीले सर्वसम्मतको प्रयास गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै