१२ असार , काठमाडौ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूचिमा रहेका थिए ।यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।







