Comments Add Comment

Advertisment

SKIP THIS

माल्टा पठाइदिन्छु भन्दै ५ लाख ठगी गर्ने गोरखाकी सुष्मा तारकेश्वरबाट पक्राउ परिन

काठमाडौ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्‍ने २९ वर्षीया सुष्मा तामाङ रहेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ५ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै