Comments Add Comment

Advertisment

SKIP THIS

शृंखलाबद्ध रूपमा महिलाका सुनका सिक्री लुटपाट गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ

काठमाडौं, ललितपुरका विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा महिलाका सुनका सिक्री लुटपाट गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले ३ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–११ लुकसी बस्ने ३२ वर्षीय लोलिनकाजी महर्जन, ललितपुर–७ सुन्धाराका ३१ वर्षीय रविन्द्र शाक्य र काठमाडौं महानगरपालिका–२४ नरदेवी बस्ने ३३ वर्षीय रोहन नेपाली रहेका छन् ।

असार १७ गते ललितपुर महानगरपालिका–१० महर्जन गल्लीमा पैदल हिँडिरहेकी पेम्बाकुमारी तामाङको सुन सिक्री, असार १७ गते ललितपुर–११ बस्ने मिना शाक्यको सिक्री चोरी तथा लुटपाट गर्ने प्रयास भएको तथा असार १८ गते ललितपुर–११ बस्ने ममता बज्राचार्यको सुन सिक्री लुटपाट गरेको, असार १९ गते ललितपुर–४ धोबिघाट बस्ने सारिका कुशवाहको सुनको सिक्री चुडालेर लुटपाट गरिएको थियो ।

पक्राउ परेका आरोपीको साथबाट लागूऔषध समेत बरामद गरिएको छ । आरोपीलाई लागूऔषध तथा चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत ललितपुरबाट ७ दिन थुना अनुमति लिई अनुसन्धान भइरहेको एसएसपीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै