Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा आफ्नै घरकोओछ्यानमा सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या

रौतहट । रौतहटमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ ।

जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै घरमा ओछ्यानमा सुतिरहेको बेला आज बिहान करिब साढे ३ बजे उनी मृत भेटिएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि तालिमप्राप्त कुकुर पनि लगिएको प्रहरीले जनाएको छ । बाँकी कुरा अनुसन्धानपछि खुल्ने रौतहट प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै