Comments Add Comment

Advertisment

SKIP THIS

निगममा ३० एयर होस्टेजका लागि जागिर खुल्यो

३१ असार , काठमाडौ ।  नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) पदमा आवेदन आह्वान गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ करार सेवाको एयर होस्टेज पदमा दरखास्त आह्वान गरेको हो ।

रिक्त रहेको ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको निगमले जनाएको छ । योग्य नेपाली नागरिकले सुचना जारी भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने निगमले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएका र २५ वर्ष ननाघेका इच्छुक उमेदवारले आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै