Comments Add Comment

Advertisment

SKIP THIS

चितवन प्रहरीले एक वर्षमा ४७५ जना फरार पक्राउ : १ करोड ३० लाख जरिवाना असुल

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षको अवधिमा अदालतबाट विभिन्न कसुरमा दोषी ठहर भई फरार रहेका ४७५ जना मानिसलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयनको लागि आफू मातहतका प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ गरिएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए ।

एसपी रामेश्वर कार्कीका अनुसार आर्थिक वर्ष २०७९/०८० को १२ महिनाको अवधिमा पक्राउ परेका उनीहरुबाट ८० वर्ष १० महिना ७ दिन कैद सजाय कार्यान्वयन गराइएको छ । उनीहरुबाट अदालतले विभिन्न समयमा गरेको जरिवाना फैसलाको पनि कार्यान्वयन गराइएको छ । ४७५ जनाबाट १ करोड ३० लाख ६७ हजार १३३ रुपैयाँ जरिवाना असुल गरिएको एसपी कार्कीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै