Comments Add Comment

Advertisment

SKIP THIS

दुई एसपीको सरुवा, मकवानपुर जिल्लामा सीताराम रिजाल र काठमाडौं परिसरमा कुमोध ढुंगेल

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जको रूपमा प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाललाई खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो । मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । प्रहरी उपरीक्षक सिताराम रिजाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए ।

काठमाडौं परिसरमा यसअघि नै एसपी कुमोध ढुंगेलको सरुवा भएको थियो । कुनै समय प्रहरीमा सिंघम उपनामले चिनिने ढुंगेल पछिल्लो समय केही विवादमा समेत परे । त्यसकारण काठमाडौं परिसरमा उनलाई आफ्नो छवी फर्काउने अवसर छ ।
त्यस्तै, जिप्रका बारामा दधीराम न्यौपानेलाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले अन्य केही जिल्ला र वृत्तमा पनि एसपी तथा डिएसपीको हेरफेरको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै