Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोही संघको ३९औं वार्षिक साधारणसभा भृकुटीमण्डपमा आज आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

सो अवसरमा संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले संघलाई आउँदा दिनहरूमा स्तरोन्नति गरी अझ प्रभाबकारी बनाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले काम गर्नुपर्ने बताउनुभयो । संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सक्षम संस्थाको रुपमा स्थापित गर्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संघकी अध्यक्ष श्रीमती कुँवरले सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष बनाउँदै लैजानुपर्ने उल्लेख गर्नुभयो । विगतमा भएका कार्यहरूको विश्लेषण गरी नयाँ नीति तथा कार्यक्रम बनाई संघको उद्देश्य परिपूर्तिका लागि सवै पदाधिकारीहरूको सहयोग प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरूबीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै