Comments Add Comment

Advertisment

SKIP THIS

रविले निशुल्क गरेको ‘ब्लु बस’ले ५ बर्ष अघि मारेको थियो मान्छे

१८ साउन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बुधबार चितवनमा महिलाका लागि निःशुल्क गरेको बसले २०७५ साल जेष्ठ १ गते एक वृद्ध महिलालाई ठक्कर दिएर मारेको पाइएको छ।

वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएको एक सयौं दिनमा सांसद लामिछानेले निःशुल्क बस सेवा शुभारम्भ गरेका हुन्। तर यो ना ५ ख ३१३८ नम्बरको बसले २०७५ साल जेष्ठ १ गते चितवनको इक्छाकामना-७ मा पैदल यात्रा गरिरहेकी ७० वर्षीया धनमाया गुरुङलाई ठक्कर दिएको थियो भने गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो।

अहिले उक्त बसमा चितवन क्षेत्र नम्बर २ का महिलाहरूले निःशुल्क चढ्न पाउनेछन्।

निलो रङ लगाइएको यो बस भरतपुरका विभिन्न रूटहरू चल्नेछ। लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार हरेक बिहान शक्तिखोरबाट छुट्ने बसले कालिका नगरपालिका र भरतपुर महानगरपालिकामा सेवा दिनेछ। भरतपुरका विभिन्न सडक हुँदै शिवघाटसम्म पुग्ने बस साँझ फेरि शक्तिखोर फर्कनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै