Comments Add Comment

Advertisment

SKIP THIS

हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा चार जनालाई ललितपुर प्रहरीले पक्राउ

ललितपुर : हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा झापा जिल्ला घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेका छन्।

एसएसपी शिद्धिविक्रम शाहका अनुसार अविवाहित अनिताले विशेष गरी ठुला-ठुला व्यापारी तथा धेरै पैसा वाला विवाहित केटाहरुलाई साथी बनाएर भेट गरी फोटा, भिडिओ खिच्ने र पछि केटाहरु लगाएर रकम उठाउने गरेकी थिइन्। कुराकानी गर्नेसँगै विभिन्न स्थान एवं होटलमा बोलाउने गरेकी थिइन्। त्यसरी सामान्य कुराकानीपछि होटलबाट निस्केर आफूहरू बीचका कुराकानी दाजु-भाउजूले थाहा पाएकाले अब उनीहरूले भने बमोजिम गर्नुपर्ने भन्ने गरेको एसएसपी बताए ।

त्यसपछि दीपक पराजुली भन्ने व्यक्तिले ती पुरूषहरूलाई ब्ल्याकमेलिङ गरी थर्काउने गरेका थिए। उनले आफू गृह मन्त्रालयका प्रेस सल्लाकार हुँ भन्ने गरेका थिए। उनीबाट प्रेस कार्ड समेत बरामद गरेको छ। उनी पेशाले सवारी चालक हुन्।

यस्तै बिमलले पनि पुरूषहरूलाई मेसेज गरी भेट्ने र ब्ल्याकमेलिङ गरी धम्क्याउने गरेको प्रहरीले जनाएको छ।

यसरी उनीहरूले योजनाबद्ध रूपमा धम्क्याएपछि पीडित पुरूषलाई कुनै स्थानमा पैसा लिएर आउन भन्ने गरेका थिए। रकम लिन जाँदा सरोजले भने बाहिर कोही आउलान् भनेर निगरानी राख्थे।

यसरी हनी ट्र्यापमा पारेर आपराधिक लाभ लिने गरेको भन्दै पीडितहरूले प्रहरी परिसरमा उजुरी दिएका थिए। उजुरी दिएपछि प्रहरीको टोली खटिएको थियो।

बुधबार ललितपुरको बालकुमारीस्थित बर्गर हाउसमा ३ लाखको चेक लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट मोबाइल, सिमकार्ड, चेक, लागयत बरामद भएको छ। उनीहरूले अर्का एक जना पीडितबाट पनि तीन लाख २५ हजारको चेक लिइसकेको बरामद भएको थियो।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ। अहिलेसम्म परिसरमा दुई जना पीडितले उनीहरूविरूद्ध जाहेरी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै