Comments Add Comment

Advertisment

SKIP THIS

एसियन गेम्सको समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने

१५ भदौ ,काठमाडौ । नेपाली क्रिकेट टोलीले १९ औं एसियन गेम्समा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ ।

नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा रहेका छन् । समूह ‘ए’ मा भने, अफगानिस्तान र मंगोलिया, समूह ‘सी’ मा हङकङ, चीन र सिंगापुर तथा समूह ‘डी’ मा बहराइन, माल्दिभ्स र मलेसिया छन् ।

हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा खेल हुनेछ ।

खेल टि–२० शैलीमा हुनेछ । नेपाल टि–२० आई वरियतामा १७ औं स्थानमा छ । जापान ५३ औं टि–२० आई स्थानमा छ । कम्बोडिया भने आइसिसीको ८७ वरियताभित्र छैन । नेपाल वरियताको आधारमा आफूभन्दा निकै कमजोर टोली जापान र कम्बोडियासँग खेल्नेछ ।

नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ । भारतको ऋतुराज गायकवाड र पाकिस्तानको कासिम अक्रमले एसियन गेम्सका लागि कप्तानी गर्नेछन् ।

एसियन गेम्स खेल्ने नेपालको टोली

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै