Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय संगितकर्मी संघको अध्यक्ष बिक्रम जंग शाह विरुद्ध उजुरी दर्ता

१० मंसिर , काठमाडौ । राष्ट्रिय संगितकर्मी संघको ५ औ महाधिवेसनले चैन गरेको केन्द्रिय अध्यक्ष बिक्रम जंग शाह विरुद्ध उजुरी दर्ता भएको छ ।

साधारण सदस्यता र आजिबन सदस्यको नवीकरण प्रक्रियामा अध्यक्षले हिनामिना गरेको भन्दै उनि विरुद्ध जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरु दर्ता भएको हो ।

महाधिवेसनले फौजदारी अभियोग लागेको व्यक्तिलाई अध्यक्ष बनाएको भन्दै निर्वाचन मण्डल र पूर्व अध्यक्ष राजेन्द्र कुमार कार्कीको विरुद्धमा समेत जिल्ला प्रशासन कार्यलय काठमाडौंमा उजुरु दर्ता भएको पाइएको छ ।

यस्तै उजुरी दर्ता गरे प्रश्चात जिल्ला प्रशासन कार्यलयले निर्वाचन मण्डल र पूर्व अध्यक्ष लगाएत नव निर्वाचित अध्यक्ष विक्रम जंग शाहालाई छलफलका लागि काठमाडौ प्रशासनले बोलाएको छ । वरिष्ठ उपअध्यक्ष नवराज दुगाङ्गनाले ५ औ राष्ट्रिय संगितकर्मी संघको महाधिवेसनमा आर्थिक हिनामिना समेत गरेको थाहा पाएर मुद्धा हाल्नु भएको छ । अभियोग लागेको ब्यक्तिलाई संघको जिम्मेवारी पोष्टमा चयन गर्नु भनेको नै कानुन विपरित काम गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै