Comments Add Comment

Advertisment

SKIP THIS

डडेल्धुराबाट ३ किलो ८ सय ग्राम चरेससहित प्रहरीले बोहरालाई पक्राउ

डडेल्धुरा । डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको अमरगढी नगरपालिका–८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट उक्त परिमाणमा चरेस फेला परेको बताइएको छ ।

बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै