Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीको जीवन तनाव, दबाब र चुनौतीहरूको सम्मिश्रण हो : आईजीपी वसन्त कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले धीरता, ईमान्दारिता, सङ्गठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताएका छन् ।

प्रहरी आईजीपी कुँवरले प्रहरीको जीवन तनाव, दबाब र चुनौतीहरूको सम्मिश्रण रहेको र सशक्त मानसिकताले सबै चुनौतीलाई परास्त गरेर आफ्नो कर्तव्य पालना गर्न सबल र सफल बनाउने चर्चा गरे । उनले आफ्नो कर्तव्यलाई अर्जुन दृष्टि सम्झेर तल्लीन भएमा व्यावसायिक जीवनका अड्चन र बाधाहरूलाई सहजै परास्त गर्न सफल हुने विचार व्यक्त गरे ।

नेपाल प्रहरी शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरूलाई नगद पुरस्कार वितरण गरे ।

प्रहरीको कार्यक्षेत्रमा मानव अधिकार, लैङ्गिक संवेदनशीलता, जोखिममा रहेका वर्गहरूको संरक्षण तथा विधिको शासन जस्ता विषयहरूलाई सदैव शिरोधार्य गर्नुपर्ने र यी विषयहरूको पालनाले नै दीक्षित हुने प्रहरी अधिकृतहरूको व्यावसायिकता समेत झल्काउने उनले बताए ।

प्रहरीको नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘दीक्षित हुन लागेका सबै प्रहरी सहायक निरीक्षकहरूलाई एउटा मन्त्र सधैँ मनन गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा हैन, यसलाई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नुहोस् । कानुनले तपाईका कार्यहरूलाई निर्देशित गर्दछ भने विवेकले तपाईका निर्णयहरूलाई निर्देशित गर्दछ । सङ्गठनप्रति वफादार सिपाहीको ब्रम्हले कहिल्यै पनि कसैप्रति अन्याय हुन वा गलत निर्णय लिन दिनेछैन भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गरेका थिए ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ भदौ २० गतेदेखि संचालित उक्त तालिममा ५५ जना महिला सहित कुल ४ सय २६ जना प्रशिक्षार्थीहरू दीक्षित भएको जानकारी दिए । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ–आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै