काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासी घर भएका अन्जनराम खड्का छन् । ४२ वर्षीय अन्जनरामलाई ललितपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
उच्च अदालत पाटनले खड्कालाई ५ लाख जरिवाना र २ दिन कैद सजाय हुने ठहर गरेको छ । राम कला खरेलको जाहेरीले चलाएको मुद्दामा अदालतले पीडित राहत कोषमा २० हजार भराउन र पीडितलाई बिगो बराबरको रकम भराउने फैसला गरेको छ । फैसलापछि उनी फरार थिए ।



