Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल-भारत सीमामा पूर्वप्रहरीको शव भेटियो, हत्या आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं – बारा जिल्लामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरीको शव भेटिएको छ। बारा जिल्लाको पचरौता नगरपालिका-१ को नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट धारिलो हतियार प्रहारबाट हत्या गरेर फालिएको अवस्थामा अमरेशकुमार सिंहको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको चोट देखिएको छ। उनी सशस्त्र प्रहरी बलमा पाँच वर्ष कार्यरत रहेका थिए। केही महिना अगाडि मात्रै उनले जागिर छोडेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

स्थानीयका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए। तर उनले रक्सी पसल सुरु गरेको केही समयमै बन्द गरेका थिए। उनी हाल गाउँमै खेतीपाती गर्दै आएका थिए ।

प्रहरीले उनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा सिंहको हत्यामा ३ जनाको संलग्नता देखिएको र घटनामा संलग्नभएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपाल तर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै