काठमाडौंको न्युरोडस्थित मखन गल्लीमा एक जनाको हत्या भएको छ ।
सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको हत्या भएको हो । हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ५ घर भइ पाटनढोका बस्ने १९ वर्षीय अरविन्द्र ठकुरी रहेका काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले बताएका छन् ।

यस साेही घटनामा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरी परिसरले २ जनालाई पक्राउ गरेको थियो । तर प्रहरीले उनीहरूको संलग्नताबारे केही बताएको छैन ।
सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको सोमवार हत्या भएको हो ।


