Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले विराटनगरबाट १५ जनालाई घरेलु हतियारसहित शुक्रबार दिउँसो पक्राउ

विराटनगर । प्रहरीले विराटनगरबाट १५ जनालाई घरेलु हतियारसहित शुक्रबार दिउँसो पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरी रहेका छन् ।

पक्राउ पर्नेमध्ये ९ जना १८ वर्ष मुनिका छन्। शेखकविसहित २ जनालाई विराटनगरको घोघापुल चोक र अरुलाई शनिमन्दिर चोकबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमध्ये शेखकविको साथबाट तरबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट परिचालित टोलीले झडपको तयारी गरेर साथमा घरेलु हतियार बोकेर हिँडिरहेको समूहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार युवतीको विषयलाई लिएर केही दिनअघि पनि दुई पक्षबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै