Comments Add Comment

Advertisment

SKIP THIS

कीर्तिपुरमा बालकलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक घिसिङलाई प्रहरीले पक्राउ

काठमाडौं: कीर्तिपुरमा १२ वर्षीय बालकलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक पक्राउ परेका छन्।

शुक्रबार बिहान कीर्तिपुरबाटै मोटसाइकल चालकलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले जानकारी दिए ।

एसपी ढुंगेलका अनुसार बिहीबार बिहान पौने १० बजे कीर्तिपुर नगरपालिका-१० ल्याब्रोरेटरी स्कुल अगाडि मोटरसाइकलले ठक्कर दिँदा सिन्धुली घर भई कीर्तिपुर-१० नयाँबजार बस्ने १२ वर्षीय सुजन मगरको मृत्यु भएको थियो।

उनलाई ठक्कर दिएर भागेका रामेछाप दोरम्वा शैलुङ गाउँपालिका- ६ घर भई काठमाडौं कालिमाटी बस्ने २६ वर्षीय दिपक घिसिङलाई प्रहरीले पक्राउ गरेको हो।

घटनापछि मोटरसाइकल चालक घिसिङ फरार थिए। उनको बागमती प्रदेश ०२-०४२ प. ०२३९ नम्बरको बजाज कम्पनीको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

बिहीबार मोटरसाइकलले ठक्कर दिएपछि सुजन गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै