Comments Add Comment

Advertisment

SKIP THIS

६० केजी सुन तस्करी प्रकरणमा २५ जनालाई थुनामा पठाउने आदेश

२० असोज , काठमाडौ । ब्रेक सुभित्र राखेर ल्याइएको ६० केजी सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २५ जनालाई थुनामा पठाउने आदेश गरेको छ।

न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले थुनछेक बहसपछि शुक्रबार उक्त आदेश गरेका हुन्। भन्सार एजेन्ट रुक्मिना सुब्बासँग भने ५ लाख रुपैयाँ धरौटी मागिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलले २९ जनालाई प्रतिवादि बनाएर सुन तस्करी र संगठित अपराधमा मुद्धा दायर गरेको थियो। हङकङबाट भन्सारको सामानमा लुकाएर ल्याइएको अवस्थामा राजस्व अनुसन्धान विभागले ६० केजी सुन बरामद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment